• Breaking News

    4.03.2017

    रोनाल्डोले ७ नम्बरको जर्सी लगाउनुको रहस्य ..

    म्याड्रिड, चैत २२ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सिआरसेभेन भनेर पनि चिनिन्छन् । उनले लगाउने ७ नम्बरको जर्सीको ट्रेडमार्क बनेको छ ।

    कसरी उनले सात नम्बरको जर्सी लगाउने निर्णय गरे । यसबारे पनि रोचक कहानी रहेको छ ।

    रोनाल्डोले यसबारे खुलासा गरेका छन् ।

    गोलडटकमका अनुसार म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडीलाई प्रशिक्षक सर एलेक्स फर्गुसनले उक्त जर्सी लगाउन भनेका थिए ।


    युवा रोनाल्डोलाई युनाइटेड भित्राएका स्कटिस प्रशिक्षकले भनेका थिए, ‘हेर, म तिमीलाई यो जर्सी लगाएको हेर्न चाहन्छु ।’

    एक प्रबद्र्धन कार्यक्रमा रोनाल्डोले खुलासा गरे, ‘म निकै आश्चर्यचकित बनेँ किनभने मलाई थाहा थियो यो जर्सीलाई धेरै महान खेलाडीले यसअघि लगाएका थिए ।’

    हाल रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोनाल्डोले इंग्ल्याण्डमा हुँदा नै सन् २००९ मा बालोन डि’ओरको उपाधि जितेका थिए ।

    ‘त्यहाँ मेरो सफल फुटबल करियरको शुरुवात थियो,’ उनले थपे, ‘मैले त्यहाँ फुटबलको कौशल मात्र होइन शरीरलाई पनि विकास गरेको थिएँ ।’

    ‘पाँच वर्ष युनाइटेडमा रहँदा मैले फुटबलको कला सिके । हामीले त्यहाँ धेरै कुरा जित्यौँ । मेरो लागि त्यो सपना जस्तो थियो,’ रोनाल्डोले भने ।

    म्याड्रिड आएपछि रोनाल्डोले थप बालोन डि’ ओर जितेका छन् भने लियोनेल मेस्सीसँगै यो जेनेरेसनको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र