मुम्बई, चैत २३ – अदित्य रोय कपुर र श्रद्धा कपुरले बलिउडमा इन्ट्री पाउन भट्ट परिवारको ठूलो योगदान रहेको छ ।
भट्ट परिवारले बनाएको आशिकी २ मा दुवैले डेब्यु गरेका थिए ।
त्यही भएर बलिउडमा भट्ट परिवारले ३० वर्ष बिताएको उपलक्ष्यमा आयोजित पार्टीमा दुवैलाई निम्तो नहुने कुरा नै भएन ।
तर, कुनै बेला प्रेममा रहेको भनिएका श्रद्धा र आदित्यको सामिप्यता श्रद्धाको अहिलेको प्रेमी भनिएका फरहानलाई चित्त बुझेन ।
डेक्कन क्रोनिकलमा प्रकाशित रिपोर्टमा क्रुद्ध बनेका फरहानले आदित्यसँग झगडा गर्न पुगेका थिए ।
रिपोर्टमा भनिएको छ, ‘फरहान आदित्यसँग रुष्ट थिए त्यहीँबाट स्थिति बिग्रिएको थियो । तर, श्रद्धाले यो कुरा थाहा पाएपछि दुवैलाई छुट्याएका थिए । यो रिपोर्ट प्रकाशित भइरहँदा श्रद्धा अहिले फरहानको घरमा नै छिन् ।’
पार्टीपछि श्रद्धा यस विषयमा कुरा गर्न फरहानको घरमा पुगेको बताइएको छ ।