• Breaking News

    4.05.2017

    मलेसियामा नेपाली हुण्डी दलालको भागाभाग, यी हुन् नाइकेहरु

    काठमाडौं, २३ चैत । मलेसियाको केन्द्रीय बैंक ‘बैंक नेगरा’ले गैरकानुनी रुपमा गरिने पैसा सम्वन्धी कारोबारलाई निरुत्साहित गर्न मलेसिया प्रहरीसँग मिलेर छापा मार्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।

    केन्द्रिय बैकले जारी गरेको विज्ञप्तिमा अबैध रुपमा हुण्डीमार्फत कारोवार गरि विदेश निर्यात गर्ने क्वालालम्पुर र सेलेङ्गर राज्यका १४ स्थानमा छापा मारी १ दर्जन भन्दा विदेशी नागरीकहरु पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेमा नेपाली, बङ्लादेशी, भारतीय र मलेसियन नागरिकहरु रहेको प्रहरी स्रोतले बताएको छ ।

    मलेसियामा रहेका विभिन्न देशका आप्रवासीहरुले कानुनी रूपमा भन्दा बढि रकम हुन्डी मार्फत पठाउने गरे पछि केन्द्रिय बैंकले हुण्डी कार्यमा संम्लग्न माथि निगरानी बढएको हो ।नेपालमा ६०/७० प्रतिशत भन्दा बढि रकम हुन्डि मार्फत आउने गरेको अनुमान गरिन्छ ।

    हुन्डि मार्फत ठुलो रकम नेपाल पठाउने गिरोह मलेसियामा सक्रिय रहेको पाइन्छ । मलेसियाको कानुन अनुसार अबैध रुपमा हुण्डी कारोवारमा संम्लग्न व्याक्ति पक्राउ परे १० वर्ष जेल र ५ लाख रिङ्गेट जरिमानसम्म हुन सक्ने कानुनी व्यवस्था छ । मलेसियाबाट नेपाल हुण्डीमार्फत सन् १९८५ देखि नै रकम आउने गरेको जानकारहरु बताउँछन् ।

    नेपाल राष्ट्र बैकका गर्भनर चिरन्जीवी नेपालले अवैध रुपमा नेपालमा पैसा भित्रिन रोक्न मलेसियाको केन्द्रिय बैकसँग छलफल गरेका थिए । हुन्डि कारोवारले नेपालको अर्थतन्त्रमा ठुलो असर पारेको भन्दै मलेसिया, युएई, कतार, साउदी अरब, इजरायल , ओमान, बराइन कुबेत लगायतका मुलुकबाट हुने अबैध कारोबार र तिनका मतियारलाई कारबाही गरिने संकेत गरेको केही दिनमै मलेसिया सरकारले कारबाही अगि बढाएको हो ।

    नेपाली राजदुतवास स्रोतका अनुसार सन् २००१ देखिनै मलेसियाबाट अवैध हुण्डी मार्फत रकम नेपाल आउने गरेको र २० प्रतिशत रकम मात्र वैधानिक रुपमा रेमिटान्स मार्फत नेपाल आउने र अन्य सबै रकम हुन्डि मार्फत आउने गरेको छ ।

    को को छन् त मलेसियामा बसेर हुण्डी ब्यबसाय गर्नेहरुको गिरोहका नाइकेहरु

    १. तोक राना
    २. इन्द्र मालु
    ३. दीपक बोगटी
    ४. विश्व राई
    ५. किम श्रेष्ठ
    ६. सन्तोष कार्की
    ७. हरि कुमार श्रेष्ठ
    ८. मोहन राई
    ९. बल बहादुर गुरुङ
    १०. बल बहादुर राई
    ११. सन्तोष श्रेष्ठ
    १२. दुर्गा श्रेष्ठ
    १३. लेखनाथ ढकाल
    १४. भवानी सन्कर तिवारी
    १५. शुभद्रा लिन्देन
    १६. पुष्पा राई
    १७. सन्सारमान राई (भान्जा)

    उनीहरु मार्फत मलेसियाको विभिन्न राज्यमा १ हजार भन्दा बढि एजेण्टहरुले हुण्डीको काम गर्छन् भने आइ एम इ र प्रभु जस्ता रेमिटेन्समा काम गर्नेहरु पनि हुण्डी कारोबारबाट लाभ लिने गरेको स्रोत दाबी गर्छ ।

    तोक रानालाई प्रायः कसैले पनि चिन्दैनन् उनी एक्लै मलेसियाको हुण्डी संकलनको ५० प्रतिशत ओगटेको अनुमान गर्न सकिन्छ ।इन्द्र मालु हुण्डी मात्र होइन सुन र ल्यापटपको पनि नेपाल तस्करी गर्छन । सुन तस्करीमा दूतावासका कर्मचारीदेखि नेपाल एयरलाइन्सका कर्मचारी समेत संलग्न भएको देखिन्छ ।एन आर एन ए का अध्यक्ष विश्व राई पनि विभिन्न गैरकानुनी काममा संलग्न रहेको एनआरएनहरु नै बताउँछन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र