• Breaking News

    4.29.2017

    चुनावको मुखमा माओबादी केन्द्रमा भिषण पहिरो: लोकमानलाई टिकट दिएपछि सात केन्द्रिय सदस्य सहित दर्जनौले दिए राजिनामा (बिज्ञप्ति सहित)

    मानबहादुर ओली, हरिलाल डाँगी, टिकाराम अाेली, टंकप्रसाद शर्मासहित सात जना केन्द्रीय सदस्यसहित २४ जिल्ला सदस्यहरुले विद्रोह गरेका छन् । पार्टीमा विद्रोह गरेपछि उनीहरुले केही समयपछि नै पत्रकार सम्मेलनको तयारी गरिरहेको व्रिदोही एक नेताले बताए । पार्टीलाई अराजक तरिकाले संचालन गरेको र जनयुद्ध लडेका र इमान्दार नेता कार्यकर्तालाई बेवास्ता गर्दै ठेकेदार र गुण्डालाई स्थानीय चुनावमा उम्मेदवारी दिएपछि विद्रोह गरेका हुन् ।

    लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुदाहुदै सल्यान रुकुम यातायातको अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएको उनिहरुले बताएका छन् ।

    विद्रोही उनीहरुले माकेबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टीको नाम समेत जुराइसकेका छन् । ती सदस्यका अनुसार नयाँ पार्टीको नाम माओवादी केन्द्र (विद्रोही) राखिएको छ । उनीहरुले विद्रोहपछि चुनाव बहिस्कारमा जान सक्नेबारे रणनीति समेत बनाउन शुरु भएको बताएका छन् ।


    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र