• Breaking News

    4.03.2017

    मुग्लिन–नारायणगढ सडक खण्डमा दुर्घटना: उद्धारका लागि गृहमन्त्री निधिको निर्देशन

    २१ चैत, काठमाडौं ।
    मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहाडको ढिस्को खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ । आज बिहान १०ः३० बजे एक्कासी पहाडको ढिस्को खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनि ट्रक र एउटा कार पुरिएको हो ।

    घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका छन् ।

    घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र