• Breaking News

    4.03.2017

    सुनिल ग्रोवरले संचालन गरे ‘कमेडी क्लिनिक’, यस्तो रह्यो दर्शकको प्रतिक्रिया

    नयाँ दिल्ली, चैत २१ – सुनिल ग्रोवरले कपिल शर्माको कार्यक्रमको सुटिङ गरिरहेका छैनन् तर उनी फुर्सद भने पक्कै छैनन् । वास्तवमा उनी विभिन्न स्टेज कार्यक्रममा व्यस्त छन् । शनिबार उनले दिल्लीको तत्कातोरा स्टेडियममा आफ्नो लाइभ शो ‘कमेडी क्लिनक’ सुरु गरे जुन सुपरहिट रह्यो । रेडियो सिटीसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो जसमा उल्लेख्य मानिसहरुको सहभागिता रहेको बताइएको छ ।

    सुनिलका प्रशंसकले उनको महसुर गुलाटीको अवतारलाई मन पराए । सुनिल बाहिरिएपछि कपिल शर्माको कार्यक्रमप्रति मानिसहरुको रुची कम भइरहेको भनी भारतीय संचार माध्यमले समाचार प्रवाह गरिरहेका बेला सुनिलको कार्यक्रममा मानिसको भीड लाग्दा कपिललाई अर्को धक्का परेको संचार मिडियाले बताएका छन् ।

    उक्त कार्यक्रममा सुनिल नाचे र आफ्नो विभिन्न अवतार देखाएर प्रशंसकलाई कुत्कुताए । सुनिलसँगै किकु सारदा र अन्य अभिनेताको पनि प्रस्तुती थियो ।

    कार्यक्रमका निर्माता रजत तनेजा मानिसहरुको उपस्थिती देखेर आफू अचम्मित परेको बताए । उक्त कार्यक्रमको निकै पहिलेदेखि योजना बनाइएको उनले स्पष्ट गरे ।

    सुनिल ग्रोवरले आफ्नो कार्यक्रमप्रति मानिसहरुले दिएको माया र सद्भावका कारण खुसी भएको बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र