• Breaking News

    4.01.2017

    प्रहरी नै लुटेरा बनेर सुन कारखानामा पसेपछि..


    काठमाडौं – काठमाडौंको मरुहिटी स्थित एउटा सुन बनाउने कारखानामा एक हुल मान्छेहरु प्रवेश गरे । ति मध्ये केहीले प्रहरीको वायरलेस सेट, हत्कडी र पेस्तोल बोकेका थिए । काठमाडौं महानगरपालिका–१९ मरुहिटी स्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भारतीय नागरीक शिव माइतीले संचालन गरेको सुन कारखाना प्रवेश गरेका ६ जना ब्यक्तिहरु मध्ये एउटाले भने, ‘केहो साहु जी, तस्करीको सुन बेच्ने ? हामी प्रहरी हौं !’

    हत्कडी बोकेका र पेस्तोल भिरेका मान्छेलाई प्रहरी होईनन् भनेर अविश्वास गर्नु पनि कसरी ? शिव माईति लल्याक लुलुक भैहाले । महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी हवल्दार बल बहादुर थापा, जवानहरु जनक ढकाल र अमित गुरुङ सहितका ६ जना लुटेरा समुहले उक्त कारखानाबाट ५० तोल सुन लुटे, अनि प्रहरीकै रवाफ देखाएर हिँडे ।

    यसरी देशको सेवा गर्ने कसम खाएर लुटपाटको कुकर्म गर्ने तिन प्रहरी मध्ये अमित गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । ‘घट्नामा संलग्न तिन प्रहरी र अन्य तिन जना लुटेरा समुहका सदस्य मध्ये पाँच जनालाई नियन्त्रणमा लिईसकेका छौं’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘एक हवल्दार र एक जवान फरार छन्, खोजिरहेका छौं ।’

    लुटेरा समुहले सो कारखानाबाट करीब २८ लाख मुल्य बराबरको अंदाजी ५० तोला सुन लुटपाट गरेको अपराध महाशाखाले जनाएको छ । हत्कडी र पेस्तोल देखाएर उनिहरुले गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरी फरार भएका थिए ।

    अपराध महाशाखाले मध्यान्ह पत्रकार सम्मेलन गरेर घट्नाबारे जानकारी गराउने जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र