• Breaking News

    4.03.2017

    भूकम्पमा पैसा लुकाउन वामदेव गौतम र रामशरण महतलाई हम्मे हम्मे !


    काठमाडौं, २२ चैत । स्मरणीय कुरा के छ भने पहिल्लो समय अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीले निकै कडाई गरेपछि कतिपय घुस रकम नगदै जम्मा गरिने गरिन्थ्यो ।

    वामदेव गौतम गृहमन्त्री भएका समयमा २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दू भएको ७.८ रेक्टर स्केलको भूकम्प गयो । गौतमलाई घरमा लुकाएर राखेको नगद थन्काउन निकै कठिन भएको एक जना व्यापारीले बताएका थिए ।

    त्यही कारण आइजीपी उपेन्द्र कान्त अर्यालको मोवाइल समेत १२ गते दिनभर नउठाएपछि अर्यालले आफ्ना साथी व्यापारीसँग गुनासो गरेका थिए ।

    त्यसैगरी तत्कालीन अर्थमन्त्री रामशरणलाई पनि नगद रकमको व्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको थियो । उनका भतिजा रमेश महतले त जस्ता नै बेचेर खाइदिने सम्मको हर्कत गरे ।

    वामदेवलाई एक नम्बरको नेपालको भ्रष्टाचारी भनेर खुल्लामञ्चबाट अर्का एमाले नेता प्रदिप नेपालले घोषणा गरेका थिए ।

    – डायरी एक्सप्रेस साप्ताहिकबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र