• Breaking News

    4.08.2017

    प्रचण्ड पुत्रले मोदीका विश्वासपात्र भारतीय नेतालाई बालुवाटारको गेटमै रोकेपछि…

    काठमाण्डु, २७ चैत– भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले भनेको समयमा भनेको जसरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पाएनन् ।


    कोसीयारीलाई सजिलै प्रचण्डसँग भेट्न नदिने काम अरु कसैले नभई प्रधानमन्त्री पुत्र एवं स्वकीय सचिव प्रकाश दाहालले गरेका हुन् । कोसियारीले गत मंगलबार प्रचण्डसँग भेट्न खोजेका थिए । कोसियारीका विश्वासपात्र एक नेपाली पत्रकारले प्रकाशलाई टेलिफोन गरी प्रधानमन्त्रीको समय मागेका थिए । तर, प्रकाशले कडा जवाफ दिए ।

    ‘प्रधानमन्त्रीले भेट्नुहुन्छ, तर, भारतीय दूतावासमार्फत आउनुपर्छ’, प्रकाशले ती पत्रकारलाई भने । तर पत्रकारले सिधै भेटाउन चाहे । ‘कोसियारी नेपालप्रति सधैं सदभाव राख्ने र नेपालमा स्थायित्व होस् भन्ने पवित्र मनसायका नेता हुन्, उनलाई प्रधानमन्त्रीसँग भेट्न यति गाह्रो किन ?’ । प्रकाशले जवाफ दिए, ‘यो हाम्रो कुटनीतिक सिस्टम हो, यसमा म केही गर्न सक्दिन ।’ त्यसपछि कोसीयारीले नेपालस्थित भारतीय दूतावसले मिलाइदिएको समयमा बुधबार प्रधानमन्त्रीलाई भेटे । कोसियारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र र नेपाल विज्ञ हुन् ।

    भारतको चासो हिन्दू गणतन्त्र
    बालुवाटारमा भएको भेटमा कोसियारीले नेपालको स्थायित्व र विकासका लागि भारत सदैव सहयोग गर्न तयार रहेको बताए । उनले असन्तुष्ट मधेसी मोर्चालाई समेत विश्वासमा लिएर स्थानीय तहको निर्वाचन गराउन सुझाव दिए । भेटमा कोसियारीको मुख्य चासो नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा थियो । उनले राजतन्त्र पुनस्र्थापनामा भारतको कुनै चासो नरहेको पनि प्रष्ट्याए ।

    ‘हामी नेपालमा राजतन्त्र फर्कियोस् भन्ने चाहन्नौं’, कोसियारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर नेपाल हिन्दू गणतन्त्र हुनुपर्छ ।’ उनले भारत पनि हिन्दू राज्य घोषणा हुने बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र