काठमाडौं, २३ चैत । निर्वाचनको मुखमा रकम संकलन गर्न अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ जुक्ति निकालेका छन् ।
चुनावका निम्ति पार्टीलाई आवश्यक पर्ने ठूलो रकम उठाउन सजिलैसँग नसकिने भएपछि महराले अर्थ मन्त्रालय मातहतका निकायहरूलाई परिचालित गरेका छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
प्राप्त जानकारी अनुसार अर्थमन्त्री महराले राजस्व अनुसनधान विभाग, भन्सार विभाग र सम्पत्ति शुद्धीकरण विभाग र आन्तरिक राजस्व कार्यालयलाई उद्यमी व्यापारीहरूमाथि कडा निगरानी राखेर छानविन तथा अनुसनधानको घेरामा ल्याउन आदेश दिएका छन् ।
सम्बन्धित विभागहरूले सम्बद्ध उद्यामी र व्यापारीहरूको नामावली तायर गरी कारबाही प्रक्रिया अगाडि बढाएका छन् ।
कर्मचारीहरूले व्यापारीहरूलाई अंकुशमा पार्न सम्बद्ध व्यवसायीकै अडितरहरूलाई प्रयोग गर्ने गरेको स्रोतको भनाइ छ ।