• Breaking News

    3.25.2017

    ‘रामेश्वर पछुताउँदैछन्, रवीन्द्र पनि खुर झरेको भैँसी जस्तो हुन्छन्’

    काठमाडौँः पुर्वअर्थसचिव रामेश्वर खनाल सरकारी जागिर छाडेर डा. बाबुराम भट्टराईबाट गठित नयाँ शक्ति नेपालमा प्रवेश गर्दै राजनीतिमा होमिए ।

    तर, उनको राजनीतिक यात्र लामो समय टिकेन र उनले चैत १ गतेबाट आफू कुनै पार्टीमा सम्वद्ध नरहेको भन्दै नयाँ शक्तिबाट बिदा लिए । उनले , ‘राजनीति आफ्नो बशको कुरा नभएको’ भन्दै निराशजनक प्रतिक्रिया पनि दिए ।

    त्यसअघि फागुन १७ मा चर्चित पत्रकार तथा बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पत्रकारितालाई विश्राम दिँदै राजनीतिमा होमिने घोषणा गरे ।

    तीन महिना अघिबाटै नयाँशक्तिसँग असन्तुष्ट रहेका रामेश्वर खनाल पार्टी त्यागेर अहिले नितान्त निजी जीवनमा रमाइरहेका छन् ।

    तर, अर्कातिर रवीन्द्र भने देश तथा विदेशसम्ममा साझा पार्टीका लागि शुभेच्छुकहरुलाई गोलवद्ध गर्दै कमिटि निर्माणमा व्यस्त छन् ।

    राजनीतिबाट विरक्तिएका रामेश्वर खनाल र पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रबारे शनिबार पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रोचक टिप्पणी गर्न भ्याए ।

    केशव श्रेष्ठले लेखेको पुस्तक विमोचनपछि बोल्दै नेता पाण्डेले व्युरोक्रेसीमा सफल पुर्वअर्थसचिव खनाल बुझ्दै नबुझी राजनीतिमा हामफाल्दा पुर्पुरोमा हात लगाएर बस्न बाध्य भएको रोचक टिप्पणी गरे ।

    ‘रामेश्वर खनालजी पार्टी चलाउन हिँडेका थिए, अहिले टाउकोमा हात लगाएर बसेका छन्’, पाण्डेले भने, ‘राजनीति बाहिरबाट देखे जस्तो सजिलो छैन, धेरै कुरा त्यागेर हिँड्न सक्नु पर्छ ।’

    तीन प्रतिशत थ्रेस होल्डका कारण साना दलको कन्तबिजोग भएको प्रतिक्रिया पाण्डेले दिए । ‘थ्रेस होल्डले साना दलहरु थला बसेको भैँसी जस्तै भएका छन्’, उनले अगाडि भने ।

    राजनीति धेरै कारणबाट दुषित भएको बताउँदै पाण्डेले गाँजा खाएको छोरो छुटाउन पनि बाबुहरुले दबाब दिने गरेको उल्लेख गरे ।

    ‘गाँजा खाएर थुनिएको छोरालाई छुटाउन बाबुले दबाब दिन्छन्’, हाँस्दै उनले सुनाए, ‘यदि मानिएन भने चुनावमा तलाईँ हेरुँला भन्दै धम्क्याउँछन् ।’

    बीबीसीको लोभलाग्दो जागिर छाडेर साझा पार्टीमार्फत राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्र पनि रामेश्वर खनाल जस्तै थला पर्ने पाण्डेको टिप्पणी थियो ।

    ‘राजनीति बाहिरबाट हेर्दा राम्रो देखिए पनि गाली खाने थलो हो’, उनले भने, ‘रवीन्द्र मिश्र पनि खुर बसेको भैँसी जस्तो हुन्छन्, त्यो ढिलो चाँडो मात्र हो ।’

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र