१७ चैत, एजेन्सी।
द कपिल शर्मा शोका प्रमुख कलाकार अहिले चर्चामा छन्। सहकर्मी कलाकार सुनिल ग्रोवर र चन्दन प्रभाकरसंग कपिलले गालीगलौज गरेपछि उनीहरु सुटिङमा आएका छैनन्। सुनिले शोमा फर्के भन्ने खबर पनि झुठो सावित भएको समाचार आएका छन्। अहिले सुनिल र कपिलको अभिनय अनि कमाइको तुलना पनि गरिदैछ। अभिनयमा सुनिल अब्बल रहेको त उनी नहुँदा शोको टिआरपीमा कमी आएकोबाटै थाहा पाउन सकिन्छ।
फोर्ब्सको एक रिपोर्ट अनुसार कपिलले एक वर्षमा ३०.१७ करोड भारु कमाएका छन्। रणवीर सिंह, आमिर खान जस्ता चर्चित सेलेब्रेटी भन्दा कपिलको कमाइ बढी छ।
कपिल शर्मा टिभीका सबैभन्दा सेलेब्रेटी हुन, तर सुनिल ग्रोभर पनि बढी पारिश्रमिक भएका कलाकारको सूचीमा छन्। पारिश्रमिकको मामलामा कपिल पछि सुनिलको नाम आउँछ।
सुनिलको नेटवर्थ करिब ३० करोड भारु आंकलन गरिएको छ। यो हिसाबमा सुनिल र कपिलको कमाइ लगभग बराबर देखिन्छ।
कति लिन्छन् प्रति इपिसोड ?
कपिल शर्मा ‘द कपिल शर्मा शो’ को एक इपिसोडको लागि करिब ६०-७० लाख भारु लिन्छन्। साथै विभिन्न लाइभ शो, एङ्करिङ तथा विज्ञापनबाट पनि कपिलको कमाइ हुन्छ। कपिलले १-२ फिल्ममा अभिनय पनि गरेका छन्।
सुनिल ग्रोभरले ‘द कपिल शर्मा शो’को एक इपिसोडबाट १०-१२ लाख भारु कमाउँदै आएका छन्। साथै अन्य कुनै कार्यक्रममा सहभागी हुँदा सुनिलले एकपटकको १०-१२ लाख भारु पारिश्रमिक लिन्छन्। सुनिलको ‘कफि विथ डी’ फिल्म रिलिजको तरखरमा छ।