• Breaking News

    3.23.2017

    सरकारले किन गर्यो सेना परिचालन गर्ने निर्णय ?

    काठमाडौँ, १० चैत । सरकारले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

    रक्षामन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बुधबार साँझ बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

    बैठकमा विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको रक्षामन्त्री खाँडले जानकारी दिए ।

    राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको उनले बताए । त्यसैगरी बैठकले वार्षिक प्रतिवेदन बनाउन सुरक्षा परिषद्अन्तर्गतको सचिवालयलाई जिम्मा दिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र