• Breaking News

    3.24.2017

    यी युवतीको पेटबाट तीन किलो रौं निस्कियो, यस्तो छ कारण

    एजेन्सी । एक युवतीको पेटबाट तीन किलो रौं निस्कियो भन्ने खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । भारतको मुम्बईस्थित एक अस्पतालमा एक यस्तै विरामी युवतीको पेटबाट रौं को डल्लो निकालिएको छ । युवतीको पेट सँधै दुखिरहन हुन्थ्यो । अस्पतालमा गएर चेक गराउँदा पनि सुरुमा डाक्टरले कारण पत्ता लगाउन सकेनन् । दुखाई कम गर्ने औषधि दिइयो ।

    तर, उनलाई दुख्ने समस्या भन कम भए । पछिल्लो पक डाक्टरले राम्रैसंग चेकजाँच ग¥यो र पत्ता लाग्यो किन उनको पेटमा रौंको डल्लो छ । जुन समस्या देखेर डाक्टर समेत अचम्ममा परे । मुम्बईको केइएम अस्पतालमा अप्रेसन गरेर उनको पेटबाट रौंको डल्लो निकालियो ।

    पहिलो पटक डाक्टरलाई समेत युवतीको पेटमा ठूलो ट्युमर भएको शंका थियो । तर, पछि रांैंको डल्लो फेला परेको थियो । मेडिकल भाषामा यसलाई ट्राइकोबीजोर भनिन्छ । जुन समस्या आफ्नो टाउकोमा भएको रौं खाने बानीले हुन्छ ।

    ती युवतीले १० वर्षदेखि आफ्नो रौं खाइरहेकी थिइन् । जसका कारण् ानै उनको पेटमा रौंको ठूलो बन्यो । डाक्टरकाअनुसार कुनै घटना, उत्पीडन वा विगतमा भएको कुनै घटनाका कारण रौं चपाउने खाने बानी पर्छ । जसले ‘ट्राइकोबीजोर’ अर्थात पेटमा रौं को डल्लो पर्न जान्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र