• Breaking News

    3.14.2017

    रातारात गायब भयो यो गाउँ, अहिलेसम्म भेटिएको छैन



    आयरल्यान्डको एउटा सानो गाउँ अचानक एक राति गायब भयो । यसमा भएका ४० वटा घरहरू अहिलेसम्म पनि भेटिएका छैनन् ।

    यो कुनै कथाकहानी होइन । आयरल्यान्डको सबभन्दा टाढाको टापु अचिलको किनारामा बसेको किम बेमा सन् १८३८ मा करीब ४० वटा घर थिए । तर अहिले यहाँ धूलो र फुटेका घर मात्र छन् ।

    यी घरहरू कसैले भत्काए कि गाउँलेहरू अन्तै गए ? अचिल पुरातत्त्व अध्ययन स्कूलका विद्यार्थीहरूले यो गाउँमाथि अध्ययन पनि गरे तर केही पत्तो पाउन सकेनन् ।

    त्यहाँ माटो र ढुंगाले बनेका भत्केका घर मात्र भेटिए । घरहरूलाई जानीजानी फोडिएको कुराको प्रमाण चाहिँ भेटियो । तर गाउँलेले नै घर फोडे कि बाहिरकाले आएर फोडे भन्ने चाहिँ पत्ता लागेन ।

    ट्राभलसम्बन्धी धेरै किताबहरूमा चाहिँ यो गाउँ र यहाँ बस्ने मानिसका बारेमा उल्लेख गरिएको छ । त्यही भएर विद्यार्थीहरू यहाँका निवासीलाई खोज्न गएका थिएर तर कसैलाई फेला पारेनन् ।

    कुनै समयमा यो टापुमा भोकमरी भएको आशंका गरिन्छ । त्यसैकारण सबैको मृत्यु भएको हुन सक्छ । तर घर चाहिँ कसले भत्कायो, थाहा हुन सकेन ।

    एजेन्सीको सहयोगमा

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र