• Breaking News

    3.06.2017

    प्रकाश दाहालको कन्ट्याक ‘डन’सँग, सुरु भयो यस्तो धन्दा


    काठमाडौं, २४ फागुन । सरकारको आयु छोटिदै गर्दा प्रचण्डका आसेपासेहरू पैसा असुल्न व्यस्त छन् ।

    चुनावका लागि भन्दै अनेक सेटिङ मिलाएर सचिवालयका व्यक्तिहरूले पैसा उठाइरहेका छन् । प्रचण्ड निकटका दलालदेखि गुन्डाहरूसम्म यतिबेला मालामाल भएका छन् ।

    प्रकाश दाहालमार्फत प्रधानमन्त्रीसँग सजिलै सेटिङ मिलाएर उनीहरूले पैसा कमाइरहेका छन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

    ललितपुरका गुन्डा नाइके मधु डोटेलले प्रधानमन्त्रीपुत्र प्रकाश दाहालसँग मिलेर अवैध धन्दा सुरु गरेका छन् । केही वर्षयता बन्द रहेको चापागाउँस्थित खानी एक महिनायता सञ्चालनमा आएको छ ।

    डोटेलको प्रस्तावमा प्रकाशले नै जिल्ला विकास समिति, सिडियो कार्यालय र प्रहरीमा सेटिङ मिलाएर खानी खोलेको प्रजिअ स्रोतले बताएको छ ।

    यसमा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङको पनि मिलोमतो रहेको स्रोत बताउँछ । नुवाकोटका ठेकेदार शारदा अधिकारीले स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई त्यसमा सेटिङ मिलाएका थिए । अधिकार पनि प्रचण्डका विश्वासपात्र व्यक्ति मानिन्छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र