• Breaking News

    3.13.2017

    बर्षभरिकै सार्वजनिक विदा मन्त्रिपरिषदबाट अस्विकृत !

    मङ्लबार, चैत्र १, २०७३
    गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो ।

    ‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनु पर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने ।

    गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो । गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र