• Breaking News

    3.04.2017

    आरआर क्याम्पसलाई व्यारेक बनाइयो !

    आइतवार, फाल्गुन २२, २०७३
    प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.) मा सायौँको संख्यामा प्रहरी परिचालन गरेर शिक्षण संस्थालाई व्यारेक बनाइएको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) प्रचण्डले आरोप लगाएको छ ।
    शुक्रबार क्याम्पसमा २३ फागुनमा हने भनिएको स्ववियु चुनावको विषयलाई लिएर विद्यार्थी संगठनहरु विरोधमा उत्रेपछि सो क्याम्पसमा व्यापक मात्रामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले कर्मचारी बाहेक कसैलाई पनि क्याम्पस हाताभित्र छिर्न दिइएको छैन ।
    सुचना संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत केही दिन यता क्याम्पस प्रवेशमा रोक लगाएको छ । ‘क्याम्पस भित्र कर्मचारी र सुरक्षकर्मीबाहेक कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।’ क्रान्तिकारी—प्रचण्डका केन्द्रीय सदस्य इन्द्र लामाले भने,‘ क्याम्पस भित्र छिर्न रोक लगाएका कारण फर्जी कार्य भएको स्पष्ट संकेत देखिन्छ ।’
    आर।आर क्याम्पसका निर्वाचन अधिकृत हरिप्रसाद पराजुली शुक्रबार विहान देखि सम्पर्कबिहिन रहेको र उनको अवस्थाबारे क्याम्पस प्रशासनले कुनै चासो नदेखाएको नेविसंघका नेता दिनेश थपलियाले आरोप लगाए । उनको अवस्था छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने उनिहरुको माग छ । निर्वाचन अधिकृत सम्पर्कविहिन भएको बेला क्याम्पस प्रशासनले एकलौटी तवरले निर्वाचन कार्यक्रम अघि बढाएको थपलियाले बताए ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र