• Breaking News

    3.09.2017

    ९० प्रतिशत बनेपछि भारतीयले भत्काउन थाले


    काठमाडौं, २७ फागुन । फागुन अन्तिम साता बुधबारसम्म आइपुग्दा कल्भर्ट निर्माणको काम लगभग ९० प्रतिशत सकिएको थियो ।

    ह्युमपाइपमाथि माटो राखेर माटोमाथि फुटेका इँटा राखेर भर्ने तथा दायाँबायाँ बालुवाका बोरा राख्ने काम पनि लगभग सकिएको थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

    बुधबार बेलुकासम्म पनि थप विरोधको कुनै संकेत थिएन । तर, बिहीबार बिहान ९ बजे एसएसबी र भारतीय प्रहरीका २०(२५ जनाको समूह कल्भर्ट निर्माणस्थलमा आइपुग्यो । उनीहरुले स्थानीय र प्रशासनसँग कुनै संवादसमेत नगरी कल्भर्टका लागि प्रयोग भएका बालुवाका बोरा र इट्टा फाल्न थाले ।

    भारतीय सुरक्षाकर्मीले कल्भर्ट भत्काउन थालेपछि करिब ३०(३५ जना स्थानीय पनि जम्मा भए । समुहमा कलभर्टमा पुगे । स्थानीय बासिन्दा लक्ष्मण कुमालका अनुसार नेपालीहरूको भनाइ थियो, ‘यो किन भत्काउँदै हुनुहुन्छ रु यो हाम्रो भूमि हो, त्यसमाथि पनि तपाईंहरुसँगकै सहमतिमा हामीले निर्माण गरेका हौँ ।’

    तर, भारतीय सुरक्षाकर्मीले ‘हाम्रो भूमिमा किन इटा र कंक्रिट बिछ्यायौ’ भन्दै उल्टै हप्काउन थाले । हतियारधारी भारतीय सुरक्षाकर्मीले धम्क्याएर नेपालीलाई आठ सय मिटरभित्रसम्म ल्याए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र