• Breaking News

    3.10.2017

    नारायणकाजी भन्छन्- कञ्चनपुर घटनामा भारतले माफी माग्नैपर्छ


    काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् ।

    घटनापछि भारतीय राजदूतावासले जिम्मेवारी लिनुको साटो उल्टै गोली चलाएको छैन् भनेर विज्ञप्ति जारी गरेकोमा सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउँदै नेता श्रेष्ठले घटनामा भारतले माफी मागेर दोषीलाई कारवाही गरेर नेपाललाई जानकारी गराउनुपर्ने धारणा राखेका छन् ।

    उनले भनेका छन्- भारतीय दूतावासले कञ्चनपुरका गोविन्द गौतमको मृत्युमा एसएसबीको कुनै हात नभएको, एसएसबीले गोली नचलाएको बताएछ । यो हद भयो । भारतले यो घटनामा माफी माग्नैपर्छ, क्षतिपूर्ती दिनैपर्छ, दोषीलाई कार्बाही गरेर जानकारी दिनैपर्छ र आगामी दिनमा यस प्रकारको गल्ती नदोहोर्याउने प्रतिबद्दता ब्यक्त गर्नैपर्छ । सरकारले कूटनीतिक पहल तीव्र पार्नुपर्छ । कुटनीतिक भूमिका भनेको चुपचाप लाग्ने वा केही नगर्ने सहमति गर्ने होइन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र