• Breaking News

    3.25.2017

    दाहालको प्रश्न- के देशलाई समृद्ध बनाउने चाहना राख्नु दलाली हो ?

    कोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी, नेपालका संसदीय मामिला प्रमुख केशव दाहालले पछिल्लो समय देशमा जन्मिएको अतिवादले मुलुकलाई सताइरहेको बताएका छन् ।
    नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले अतिवादीहरुले मुलुकका केही जाति, भाषा र क्षेत्रलाई जबरजस्ती विखण्डनकारीको बिल्ला भिराएको बताएका  हुन् ।
    ‘एकातिर मधेस लगायतलाई नेपाली नठान्ने अतिवाद छ,’ उनले भने, ‘अर्कोतर्फ मधेश छुट्टै देश हुनुपर्छ भन्ने सिके राउतको अतिवाद छ, यी दुवै अतिवादको विपक्षमा हिमाल, पहाड, मधेश जोड्ने उद्देश्यले नयाँ शक्तिले राष्ट्रिय अभियान चलाएको हो ।’
    ‘जसले यो देशको भूमि बनायो, उनीहरु यो देशको विखण्डनकारी भन्नु घोर अतिवादी दृष्टिकोण हो,’ उनले भने, ‘सीमानाको रक्षा र भारतको अनेकखाले किचलोमा सीमाका नेपालीले भूमिको रक्षा गरेर महान काम गरिरहेका छन् ।’
    उनले नयाँ शक्तिको अभियानलाई हिमाल, पहाड, तराई र मधेशका मान्छेको मन र मुटु जोड्ने अभियान भएको पनि स्पष्ट पारे । उनले पृथ्वीनारायणले भूगोलको एकीकरण गरेको तर यहाँका जनताको मन र भावनाको एकीकरण अहिलेको आवश्यकता रहेको तर्क गर्दै यो देशको राष्ट्रिय एकता र समृद्धिको लागि सबै सँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
    ‘थारुहरुले अधिकार पाउनुपर्छ भन्दा त्यसको अर्थ बाहुनलाई हेप भनेको होइन,’ उनले भने, ‘अधिकारको कुरा गर्दा तिमी भारतीय कि नेपाली भनेर प्रश्न गर्नु कतिसम्म सहि हो ?’
    ‘गोर्खाको एउटा बाहुनको छोरो जसले पिएचडी गरेको छ, राम्रा अवसर पाउँथ्यो तर ती सबै छाडेर राजनीतिमा होमियो, प्रधानमन्त्री भयो बिहान बाग्मती सफा गर्न हिंड्छ,’ उनले अगाडि थपे, ‘मान्छेहरु भन्छन् तिनी दलाल हुन्, के यो संभव छ ?’
    उनले नेतृ हिसिला यमिलाई संकेत गर्दै भने, ‘जो महिलासँग एक आना सुन छैन, आफ्नो घर छैन कसरी भ्रष्टाचारी हुनसक्छ ?’ उनले राजनीतिमा अतिरञ्जनापूर्ण रुपमा फैलाइने अफवाहलाई चिरेर अघि बढ्नुपर्ने उनले जोड दिए ।
    हाम्रो जीवनकालमा यो देशलाई समृद्ध बनाउने चाहना नयाँ शक्ति पार्टीको रहेको स्पष्ट पार्दै उनले प्रश्न गरे, ‘यो दशेलाई समृद्धि बनाउने चाहना यदि दलाली हो भने हामी त्यो दलाली स्वीकार गर्छौं, हामी दलाल हुन चाहन्छौं ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र