• Breaking News

    3.13.2017

    गगन थापालाई मन्त्रीबाट हटाउने तयारी, देउवा निवासमा सिटौलाको धर्ना !

    सोमवार, फाल्गुन ३०, 


    मन्त्रिपरिषदमा हेरफेरमन्त्रिपरिषदमा हेरफेर‘देउवा दाई रमेश लेखकलाई हटाउने पक्षमा हुनुहुन्न । फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउनै पर्ने अवस्था छ । उसले रोजेको दुई मध्य एक मन्त्रालय दिनुपर्ने छ । भौतिक नपाएको खण्डमा स्वास्थ्य जसरी पनि चाहिन्छ भनेकोले गगनलाई फिर्ता बोलाउने विषयमा छलफल चलिरहेको छ ।’


    काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्री गगन थापालाई फिर्ता बोलाउने तयारी गरेका छन् । संविधान संशोधन प्रस्तावका पक्षमा दुई तिहाई बहुमत जुटाउन फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी बनाउन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री थापालाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो ।

    प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने तयारी काँग्रेसका कारण अलपत्र परेको गुनाशो गरेपछी एउटा मन्त्रालय माओवादी केन्द्र र एउटा काँग्रेसले छाडिदिने सहमती सत्तारुढ प्रमुख दुई दलबीच भएको प्रधानमन्त्रीका एक सल्लाहकारले बताए । यस्तै एक काँग्रेस नेताका अनुसार आफु निकट रमेश लेखकलाई फिर्ता बोलाएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिनु भन्दा पार्टी नेता कृष्णप्रसाद सिटौला नजिक रहेका स्वास्थ्य मन्त्री थापालाई फिर्ता बोलाउने तयारीमा रहेका छन् ।

    फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पहिलो प्राथमिकतामा भौतिक पुर्वाधार र स्वास्थ्य गरी दुई मन्त्रालय रहेका छन् । तर उनको माग अनुसार भौतिक पुर्वाधार दिन देउवा तयार नभएपछि उनलाई उपप्रधानमन्त्री सहित सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन् । थापाले सम्हालिरहेको स्वास्थ्य मन्त्रालय भने गच्छदारले पार्टीका महासचिव रामजनम चौधरीका लागि माग गरेका हुन । चौधरी यसअघि पनि केपी शर्मा ओलीको सरकारमा रहँदा स्वास्थ्य मन्त्री थिए ।

    सभापति देउवा निकट स्रोतले भन्यो, ‘देउवा दाई रमेश लेखकलाई हटाउने पक्षमा हुनुहुन्न । फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउनै पर्ने अवस्था छ । उसले रोजेको दुई मध्य एक मन्त्रालय दिनुपर्ने छ । भौतिक नपाएको खण्डमा स्वास्थ्य जसरी पनि चाहिन्छ भनेकोले गगनलाई फिर्ता बोलाउने विषयमा छलफल चलिरहेको छ ।’

    यस विषयमा मन्त्री थापासंग सभापति देउवाले छलफल समेत गरिसकेका छन् । वर्तमान सरकारमा काँग्रेसबाट सहभागी मन्त्रीहरुमध्य सबैभन्दा राम्रो काम गरेर देखाएका थापालाई फिर्ता बोलाउँदा सार्वजनिक आलोचना हुने तर्फ पनि देउवा सचेत देखिएका छन् ।

    स्वास्थ्य मन्त्री थापालाई फिर्ता बोलाउन लागेको सुचना थाहा पाएपछी नेता कृष्ण सिटौलाले सभापति देउवालाई कुनैपनि हालतमा उनलाई फिर्ता नबोलाउन चेतावनी दिएका छन् । स्रोतले भन्यो ‘थापालाई फिर्ता बोलाए केन्द्रीय समिति ठप्प पार्ने र बुढानिलकण्डमा नै धर्ना बस्ने सिटौलाको चेतावनी छ । ‘ देउवालाई निवासमै भेटेर सिटौलाले थापालाई फिर्ता बोलाइए पार्टी र भातृ संगठनहरु राम्रोसंग चल्न नदिएर असफल सभापति बनाईदिने समेत बताएका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र