• Breaking News

    3.16.2017

    सप्तरीमा एमालेले गोली चलाएको होइन : उपेन्द्र यादव


    काठमाडौं, ४ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई ‘लुते’ सरकारको संज्ञा दिएका छन् ।

    नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘यो लुते सरकारले चुनाव गर्न सक्दैन । गरिहाल्यो भने पनि हामीले विथाल्छौँ ।’ उनले संविधान संशोधन नहुँदासम्म चुनावको वातावरण नबन्ने दोहोराए ।

    ‘पहिला संसदको चुनाव गराउनु पर्छ’, उनले भने, ‘कलेजमा चुनाव गराउन नसक्ने यो लुतले सरकारले स्थानीय चुनाव गराउँछ भन्ने मलाई लाग्दैन । प्रधानमन्त्रीले चुनाव गराउन सक्नु हुन्न । ढुक्क हुनुस् ।’

    सप्तरी घटनाले सरकारसँग आफूहरूको दूरी बढेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवलको भनाइ थियो ।

    सप्तरी घटनामा एमाले र सरकारमध्ये दोषी को हो भन्ने प्रश्नमा अध्यक्ष यादवले भने, ‘सप्तरी घटनामा गोली एमालेले हानेको होइन । प्रहरीले हानेको हो । राज्य नै हो दोषी ।’
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र