मुम्बई, चैत १८ – ‘द कपिल शर्मा शो’ पछिल्लो एक हप्तादेखि विवादका कारण चर्चामा रहेको छ । यसैबिच यो हप्ताको सिरियल टीआरपी पनि सार्वजनिक भएको छ । यससँगै हरेक व्यक्ति सुनिल ग्रोवर बाहिरिएपछि ‘द कपिल शर्मा शो’ को टिआरपीमाथि कस्तो असर परेको छ भन्ने बारे जान्न चाहन्छ ।
कपिलको यो कार्यक्रम टीआरपी सूचीमा निकै पछाडिएको छ । टेलिभिजन कार्यक्रम ‘नागिन –२ ’ ले सबै कार्यक्रमलाई पछारेको छ । पछिल्लो थुप्रै हप्ताजस्तै यो हप्ता पनि टीआरपीमा नागिन शीर्ष स्थानमा बनेको छ । यससँगै यो हप्ता ‘ये रिश्ता क्या कहलाता हे’, ‘कुमकुम भाग्य’, ‘तारक मेहताका उल्टा चश्मा’, ‘कर्मफल दाता शनि’ का साथै थुप्रै कार्यक्रमले यो सूचीमा उच्च स्थान हाँसिल गर्न सफल भएको छ । कपिलको कार्यक्रम विवाद र सदस्यले कार्यक्रम छोडेपछि निकै असर परेको छ । यसै कारण यो टीआरपी सूचीमा ‘द कपिल शर्मा शो’ टाढा टाढासम्म देखिँदैन ।