काठमाडौं, चैत १ – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालय ताकेपछि गगन थापा बाहिरिनुपर्ने सम्भावना देखिएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन गच्छदारले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात साथै स्वास्थ्य मन्त्रालय माग गरेका हुन् । दुबै मन्त्रालयका सम्बन्धमा गच्छदार, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिच कुराकानी भइरहेको छ ।
गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउने हल्ला चलेसँगै कलाकार दीपकराज गिरीले राम्रा मान्छे सरकारमा नटिक्ने भन्दै व्यङ्ग्य गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउँदै छ रे .... एकदम सहि निर्णय हो । यो सरकारबाट गगन थापा, जनार्दन शर्मा जस्ता एक दुईजना मन्त्रीलाई हटाउनै पर्ने भाछ....म सोचिराथें चिडियाखानामा यी दुई मान्छेलाई किन राखिएको होला ?’