काठमाडौं - सप्तरीको राजविराजमा सोमबार मानवीय क्षति हुने गरि घटना घटेपछि तराईका एक जना सामाजिक अभियन्ताले चुनावका माध्यमबाट एमालेलाई देशबाटै लखेट्न मधेसवादी दललाई चुनौति दिएका छन् ।
सोमबार साँझ राजविराजमा एमालेको कार्यक्रम विथोल्दा प्रहरीको गोली लागेर सञ्जन मेहताको मृत्यु भएपछि पर्साको वीरगञ्ज घर भएका सामाजिक अभियन्ता रामप्रसाद शाहले मधेसवादी दलप्रति आक्रोश पोखेका हुन् ।
उनले यस्तो लेखेका छन् :-
मधेश आन्दोलनमा ६० भन्दा बढी शहिद भएका परीवारहरुको अझै आँसु रोकिएको छैन । घाइतेहरु राम्रो उपचार नपाएर मरिरहेका छन् तर मसिहाहरु लाई न शहिद परिवारको चिन्ता छ न त् घाइतेहरुको, चिन्ता छ त मात्र आफ्नो स्वार्थको ।

