• Breaking News

    3.09.2017

    कञ्चनपुरमा भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध


    कञ्चनपुर, फागुन २७ । कञ्चनपुरमा स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका गाडी चलाउन रोक लगाएको छ । बिहिबार कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको भन्दै प्रशहासन भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।

    भारतीय पक्षसँग आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थानीय प्रशासनले स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको हो ।

    स्थानीय बासिन्दाले भारतीय नम्बर प्लेटका यूके ०४एफ ५६०९ र यूके ०६ डब्लु ००६२ नम्बरको मोटरसाइकल तथा डिएल ९ जी ४४६३ नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेकाले बिहीबार रातिदेखि नै भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

    यस्तै, भारतीय एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । बन्दका कारण यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र