फागुन २७ गते
कञ्चनपुरको पुनर्वास घटनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भारतको पक्षमा उभिएको छ ।
शुक्रबार बसेको संसद बैठकमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं मधेसी मोर्चाका नेता अशोक राईले कञ्चनपुरमा नेपाली मारिने गरी भएको घटनामा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेका हुन् ।
उनले भारतीय राजदूतावासले एसएसबीले गोली चलाएको छैन भनी निकालेको विज्ञप्तिको सर्मथन गर्दै भने– ‘कञ्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिएको छ । भारतीय दूतावासले गोली नचलेको बताएको छ । यो घटना रहस्यमय छ ।’