• Breaking News

    3.11.2017

    सनी लियोनीप्रति पागल थिए बिन लादेन, लादेनसँग जोडिएका १० तथ्य

    एजेन्सी । सन् २००१, सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलापछि अल–कायदाका प्रमुख ओसामा बिन लादेन विश्वमै आतंकको पर्याय बनेका थिए । साउदी अरबको रियादमा १० मार्च, सन् १९५७ मा जन्मिएका लादेन अमेरिकी स्पेशल ‘सील’ कमाण्डोद्धारा २ मे, २०११ मा पाकिस्तानको एबदावादमा मारिए । यहाँ लादेनसँग जोडिएका तथ्यहरुकोबारेमा चर्चा गरिएको छ ।

    – त्यसपछि उनको घर जाँच गर्ने क्रममा कमाण्डोले घरबाट धेरै वटा पार्न भिडियोका सिडी निकालेका थिए । त्यस्तै, फिल्म निर्देशक दिलीप मेहताद्धारा सनी लियोनीको जीवनमा आधारित बनाएको डकुमन्ट्री ‘मोस्टली सनी’मा पनि यस कुराको दावी गरिएको छ ।

    – आतंककारी बन्नुअघि लादेनले उत्कृष्ट विश्वविद्यालयबाट शिक्षा लिएका थिए । साउदी अरबको सबैभन्दा उत्कृष्ट बिजनेस स्कूल ‘किंग अब्दुलअजीज विश्वविद्यालय’मा अर्थशास्त्रका लागि भर्ना भए । सन् १९७९ मा सिभिल इन्जिनियरिंगमा लादेनले डिग्री हासिल गरे । स्कूल र कलेजमा उनी विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन्थे ।

    – लादेन साउदी अरबका धनी परिवारका सदस्य हुन् । उनकी आमा हमीदा अल–अतस उनका बुबाको १०औँ श्रीमती थिइन्, जो सिरियाली थिइन् भने बाँकी साउँदीकै थिए । परिवारमा उनको आमाको स्थान एक नोकर्नी बराबरको थियो, त्यसैले लादेन ‘नोकरको बच्चा’को नामले चिनिएका थिए ।

    – एक रिपोर्टअनुसार, लादेनको पहिलो विवाह १७ बर्षको उमेर भएको थियो र मृत्युसम्ममा लादेनले १० वटा विवाह गरेका थिए । उनका करिब २४ बच्चा छन्, जो धेरैजसो ईरानमा बस्छन् ।

    – लादेनलाई कविता लेख्न निक्कै मन पर्थ्यो । उनले केही कविता अरबी भाषामा लेखेका थिए, जसमा धेरैजसो राजनीति घटनाक्रम र भावुकताबाट प्रभावित थिए ।

    – लादेन पोर्न फिल्म हेर्न शौखिन थिए । एबदावादको उनको घरमा भेटिएका हार्ड डिस्कमा धेरै पोर्न फिल्महरु थिए । त्यस्तै, उनकी पहिलो पत्नी नजवा बिन लादेनसँग सोधखोजका क्रममा ओसामा उनीसँग धेरै दिनसम्म लगातार शारीरिक सम्पर्कमा गरिरहने गरेको बताएकी थिइन् ।

    – अमेरिकी अधिकारीहरुका अनुसार, लादेन मारिने एक दिनपछि उनको इच्छाको बारेमा कुवेतको एक अखबारले खुलासा गरेका थियो । अखबारमा लेखिएको थियो, ‘लादेनलाई थाहा थियो जतिबेला पनि मारिन सक्छु, त्यसैले उनले आफ्नो इच्छाका बारेमा श्रीमतीलाई पत्र लेख्दै आफ्नो सन्तानहरु आतंकवादी नबनुन् भन्ने चाहान्थे ।’

    – सन् १९७८ मा जब सोभियत संघले अफगानिस्तानमा हमला गर्यो, आरामदायी जिन्दगी त्यागेर ‘मुजाहिदीन’सँग हात मिलाएका थिए । सुरुमा उनले युवालाई आर्थिक मद्दत गर्ने गर्थे । त्यसपछि उनले अफगानिस्तामा ‘मतिब–अल–खिदमत’ नामको संगठन स्थापना गरे जसमा विश्वभरका मानिसलाई भर्ती गरियो र सोभियत फौजीसँग लड्ने हतियार किने । अफगानिस्तानमा अरबीसँग मिलेर अभियान चलाउँने क्रममै उनले ‘अल कायदा’को मुख्य संगठनको स्थापना गरे, जुन आज विश्वको लागि खतरा बनेको छ ।

    – अमेरिकी सैनिक अरबमा रहेका कारण रिसाएका लादेनले १९९८ मा अमेरिकाविरुद्ध युद्ध घोषणा गरेका थिए । सन् १९९४ मा अमेरिकाको दबाबका कारण साउदी अरबमा लादेनको नागरिकता हटाइयो । त्यसपछि उनी सुडान र फेरि १९९६ मा अफगानिस्तान पुगे । अन्तत: लादेनलाई पाकिस्तानको एबदाबादमा अमेरिकको ‘सील’ कमाण्डोले मार्न सफल बने ।

    – लादेनको अगुवाईमा सन् ११ सेप्टेम्बरमा अमेरिकामा गरेकोे हमलाले विश्वलाई स्तब्ध पारेको थियो, जसमा ३ हजार मानिस मारिए, ६० हजार बढी घाइते भए । त्यसपछि लादेनले एक भिडियो टेप जारी गरे जसमा भनेका थिए, ‘हामी स्वतन्त्र भयौ र हाम्रो देशलाई स्वतन्त्र देख्न चाहान्छौ । यदि तिमी हाम्रो सुरक्षा कमजोर गर्छौ भने हामी तिम्रो सुरक्षालाई सखाप पारिदिन्छौ ।’ यसपछि अमेरिकाको ‘मोस्ट वान्टेड’ बने लादने ।

    via : nepaliheadlines.com/

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र