• Breaking News

    3.14.2017

    कसैले शौखले खाए मानव मासु त कसैले बाध्यतावशः यी हुन् संसारका १० पत्याउनै नसकिने नरभक्षी

    संसारभरी नरभक्षी मानिसहरुसँग जोडिएको विभिन्न घटना सार्वजनिक भइसकेका छन् । यीमध्ये केही अन्धविश्वासका कारण त कोही मानसिक रोगी भएका कारण मानिसको मासु गर्ने गर्दथे । आज हामी तपाईंलाई संसारका यस्तै १० घटनाबारे जानकारी दिँदै छौं ।
    एन्द्रेई चिकातिलोः
    चिकातिलो युक्रेनमा जन्मिएका एक सिरियल किलर र बलात्कारी थिए । चिकातिलोले ५० हत्या र यौन हिंसा गरेको स्विकारेका थिए । उनी मानिसहरुलाई सागी बनाएर उनीहरुको हत्या गरिदिन्थे र त्यसपछि उनीहरुलाई खाने गर्दथे । यसो गरेर ठूलो यौन आनन्द पाउने गरेको उनले बताए । चिकातिलोलाई सन् १९९४ को फ्ब्रुअरी १४ तारिखमा मृत्युदण्ड दिइएको थियो ।
    अल्बर्ट फिशः
    अल्बर्ट एक विकृत मानसिकताका अपराधी र नरभक्षी थिए । उनले एक १० वर्षीया किशोरीलाई म्यानहटनबाट अपहरण गरे र उनको हत्या गरेर खाए । हत्या गरेको ६ वर्ष पछि ती किशोरीका परिवारलाई चिट्ठी लेखेर आफ्नो कुकृत्यको जानकारी दिए । यसकारण उनी पुलिसको हात पर्न सफल भए । अपहरण, हत्या र नरभक्षणको आरोपमा १६ जनवरी सन् १९३६ मा अल्बर्टलाई मृत्युदण्ड दिइयो ।
    इसेई सगावाः
    नरभक्षीबारे अनुसन्धान गर्दा जापानका इसेई सगावाको नाम पनि भेटिन्छ । जापानको कोबेमा सन् १९४९ मा जन्मिएका इसेईलाई घुमफिर गर्ने निकै शौख थियो । सन् १९८१ मा उनी पढ्नका लागि पेरिस गए जहाँ उनी रेनी हार्टवेल्टसँग नजिकिए । सन् १९८१ को जून ११ तारिखमा इसेईले हार्टवेल्टलाई आफ्नो अपार्टमेन्टमा पढ्नका लागि बोलाए जहाँ इसेईले गोली हानेर उनको हत्या गरिदिए । पछि उनले शवलाई स–साना टुक्रा पारेर त्यसलाई खाइदिए । यद्यपी, मानसिक उपचार पश्चात् पक्राउ गरेको केही वर्ष पछि सन् १९८६ को अगस्ट १२ तारिखमा उनलाई जेलमुक्त गरियो ।
    अल्फर्ड प्याकरः
    अमेरिकामा बस्ने अल्फर्ड सुनको खोजी गर्दै हिँड्थे । सन् १८७४ फेब्रुअरी ९ तारिखमा उनी अन्य पाँचजनासँग कोलोराडो पर्वतमा सुनको खोजीका लागि निस्किए । दुई महिनापछि उनी एक्लै फिर्ता भए, त्यतिबेला अन्य मानिसहरुबारे सोध्दा उनले सबैलाई मारेर खाएको बताए । यसका लागि उनलाई ४० वर्षको कैद सजायँ भयो । यद्यपी पछि उनको मनोस्थिती र बाध्यता बुझ्दै उनलाई रिहा गरियो ।
    आर्मिन म्यूवसः
    आर्मिन जर्मनीको रोटेबर्गमा बस्दथे । सन् २००१ मा उनले एक इन्टरनेट साइटमा आफूले १८ देखि ३० वर्ष उमेर समूहका मानिसहरुको खोजी गरिरहेका जोसँग उनले गलत कामपश्चात् उनको हत्या गर्न सकियोस् भनी विज्ञापन दिएका थिए । आश्चर्यजनक रुपमा उनले थुप्रै प्रतिक्रिया पनि पाए । यस्तै, उक्त कामका लागि दुईजनाले उनलाई भेटे पनि जसमध्ये एकको शरिरको टुक्रा आर्मिनले चक्कुले काटेर तेलमा तारेर खाए । जसको शरिरको टुक्रा काटिएको थियो ती व्यक्ति पनि आफ्नो शरिरको मासु खान चाहन्थे । यो पूरा घटनाको उनीहरुले भिडियो पनि बनाए । सन् २००६ मा मे १० मा आर्मिनलाई जन्मकैदको सजायँ सुनाइयो ।
    ज्याफ्रे डेहमरः
    डहमर अमेरिकी सिरियल किलर र नरभक्षी थिए । सन् १९७८ देखि सन् १९९१ का बिच उनले १७ जनाको हत्या गरे । हत्या गर्नुभन्दा पहिले उनले पीडितलाई बलात्कार पनि गर्दथे र मारेर खाने गर्दथे । डेहमर सिरियल किलर भएको कुरा सार्वजनिक हुने बित्तिकै त्यसको केही दिन पछि सन् १९९४ को नोभेम्बर २८ तारिखमा मिलवाउकीको कोलम्बिया करेक्शनल इन्स्टिच्युटका एक व्यक्तिले उनको कुटीकुटी हत्या गरिदिए ।
    मोएरोवा फ्यामिलीः
    क्लारा मोएरोवा र उनकी बहिनी क्याटरिना एक नरभक्षी महिला थिए । यतिमात्र होइन मोएरोवा परिवारका केही अन्य सदस्यामाथि पनि मानिसहरुको मासु खाएको आरोप लागेको थियो । क्लाराले आफ्ना छोरालाई छोडिनन् । क्लाराले आफ्ना परिवारका अन्य सदस्यसँग मिलेर आफ्ना दुई छोरा ज्याकब र आन्डे«जलाई प्रताडित गरेर आफ्नै मासु खानका लागि बाध्य बनाउँथे । यी दुई छोराको बयानमा अदालतले सन् २००८ को अक्टोबर २४ तारिखमा क्लारालाई ९ वर्ष र उनकी बहिनी क्याट्रिनालाई १० वर्षको सजायँ सुनायो ।
    रिभोलुस्नरी युनाइटेड फ्रन्टः
    यो दक्षिण अफ्रिकाको सिएरा लियोनका एक चर्चित क्रान्तिकारी समूह थियो जसलाई देशमा रहेको हिराको खानीलाई बेच्नका लागि बनाइएको थियो । सन् १९९० को दशकमा सरकार विरोधी अभियानमा आरयूएफद्वारा निकै नरसंहार गरियो जसमा नरभक्षणका थुप्रै घटनाहरु सार्वजनिक भए ।
    क्यारिब वेस्ट ट्राइब्सः
    क्यारिबियन आइल्याण्ड देश डोमिनिकामा बस्ने वेस्ट इन्डियन्स ट्राइब्सले मानिसको मासु खाने गरेको बताइन्छ । यससम्बन्धि विभिन्न घटना सार्वजनिक भएपनि यहाँ मानिसहरु भने यो आरोपको ठाडो अस्विकार गर्छन् ।
    स्टेला म्यारिस कलेज रग्बी टिमः
    १३ अक्टोबर सन् १९७२ मा यो समूह खेल खेल्नका लागि मोन्टेभिडियो (उरुग्वे) बाट स्यान्टियागो (चिली) गइरहेको थियो । खराब मौसमका र प्राविधिक समस्याका कारण जहाज चिली र अर्जेन्टिनाको बोर्डरमा दुर्घटनाग्रस्त भयो । त्यसपछि तीन देशको अनुसन्धान टोलीले विमानमा सवार ४५ जनालाई ११ दिनसम्म खोजी गरे तर केही पत्ता लाग्न सकेन । लगभग २ महिनापछि विमानमा सवार १६ मानिसहरुको पत्ता लाग्यो । त्यतिबेला जीवित रहनका लागि आफूहरुले् अन्य मृत यात्रुको मासु खाएको बताएका थिए ।
    ratopati.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र