• Breaking News

    3.25.2017

    भारतले पाकिस्तान र बङ्गलादेशसँगको सिमाना बन्द गर्ने यस्तो छ कारण

    नयाँदिल्ली: भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।

    आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि भन्दै भारतले ती दुई देशसँगको सिमाना बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरेको हो ।

    “भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङ्गलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ', गृहमन्त्री राजनाथ सिंहले भने, 'आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ।'

    “पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उनले भनेका छन्

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र