काठमाडौं । तपाईँ हामी अण्डा खाइसकेपछि त्यसको खोल फाल्ने गर्छौँ । तर, अण्डाको उपयोगिताबारे जान्नुभयो भने पक्कै पनि तपाईंले अण्डाको खोल जोगाएर राख्नुहुनेछ ।
आज हामी तपाईंलाई अण्डाको खोलको उपयोगिताबारे जानकारी गराउँदैछौँ ।
१. विरालोलाई तपाईँ भगाउन चाहनुहुन्छ भने अण्डाको खोल प्रयोग गर्न सक्नुहुन्छ । जहाँ विरालो बढि आउँछ त्यहाँ अण्डाको खोल राखिदिनुस्, त्यहाँ विरालो आउन छाड्छ ।
२. फोहोर भाँडा चम्किलो बनाउन चाहनुहुन्छ भने अण्डाको खोलको पिठो बनाएर सफा गर्नुहोस् । फोहोर भाँडा चमकदार भएर आउने छ ।
३. छेपारोले तपाईँलाई समस्यामा पारेको छ र त्यसलाई भगाउन चाहनुहुन्छ भने अण्डाको खोल प्रयोग गर्न सक्नुहुन्छ । जहाँ छेपारो बढि आउँछ त्यहाँ अण्डाको खोल फालिदिनुस् त्यसपछि छेपारो फेरि कहिले आउँदैन ।
४. तपाईंको लुगा वासिङ्ग मेसिनमा राख्दा सफा भएन भने केही कागतीको टुक्रा र अण्डाको खोल क्लोथ व्यागमा राखेर वासिङ्ग मेसिनमा राखिदिनुस् । तपाईँको लुगा एकदम सफा हुनेछ ।
५. अण्डाको खोलको पेष्ट बनाएर आफ्नो दाँतमा लगाउनु भयो भए भने यसले एकदमै फाइदा गर्छ ।
६. उसिनेको अण्डाको खोल सुकाएर पिस्नुहोस् । त्यसमा एक चम्चा बेकिङ्ग सोडा र तीन चम्चा नरिवलको तेलमा मिलाएर सानो जारमा भण्डार गर्नुहोस् । र केही समयपछि सो चूर्णलाई दाँत माझ्न प्रयोग गर्नुभयो भने दाँत एकदम मजबुत हुन्छ ।