• Breaking News

    3.05.2017

    दीपिका राणाले प्रेमीसँग मिलेर गरिन् पति र ससुराको हत्या



    देहरादून, २३ फागुन । भारतको उत्तराखण्ड राज्यको अस्थायी राजधानी देहरादूनमा भएको डबल मर्डर केसमा स्थानीय पुलिसले २४ घण्टाभित्रै हत्याका आरोपीलाई पक्राउ गरेर सबै कारणको खुलासा गरेको छ ।

    पुलिसका अनुसार मृतक राजेश राणाकी पत्नी दीपिका राणाले आफ्नो प्रेमी योगेश अरोडासँग मिलेर भाडाको हत्यारामार्फत जघन्य हत्याकाण्ड गरेको खुलासा भएको हो ।

    शनिबार मध्यरात पति, ससुर र छोरा सुतेपछि पत्नी दीपिकाले ढोका खोलेर हत्यारालाई घरभित्र प्रवेश गराएकी थिइन् । हत्याराले सुतेका बेला राजेश र राजेशका बाबुलाई चक्कु प्रहार गरेर संगीता र उनका प्रेमी योगेशकै अगाडि हत्या गरेका थिए ।

    त्यसपछि दुबै जनाको शवलाई राजेशको कारमा राखेर दीपिकाका प्रेमी योगेशले कुंआवालाको जंगलतिर लगेका थिए । योगेशले कार र दुई वटा शवलाई जलाउने प्रयास गरेका थिए । सोही बेला आगोले हात जलेपछि योगेश भागेका थिए ।

    यता, ती महिलाले आफ्ना पति र ससुर बुलंदशहर गाउँ गएको कुरा आफ्ना नातेदारहरूलाई बताएकी थिइन् । जंगलमा जलेको गाडी र शव फेला परेपछि घरमा पुगेको पुलिसले महिलासँग कुरा गर्ने क्रममा आशंका लागेपछि तत्काल नियन्त्रणमा लिएको थियो ।

    शनिबार ५ बजे एसएसपी स्वीटी अग्रवालले पत्रकार सम्मेलनमा आरोपी महिला दीपिका राणाको अवैध सम्बन्धका कारण आफ्ना पति र ससुराको हत्या गरेको जानकारी दिइन् ।

    पुलसिले आरोपी महिला दीपिका राणा र उनका प्रेमी योगेश अरोडालाई हिरासतमा राखेको छ । – एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र