• Breaking News

    3.24.2017

    अभिनेत्री करिश्मा नयाँ प्रेमीसँग ‘लिभ इन टुगेदर’मा बस्ने

     मुम्बई । आफ्ना पति सञ्जय कपूरसँग डिभोर्स गरेर दुई छोरीका साथ एक्लै बस्दै आएकी अभिनेत्री करिश्मा कपूर नयाँ प्रेमीसँग लिभ इन टुगेदरमा बस्ने भएकी छिन् ।

    करिश्मा र उनका नयाँ प्रेमी सन्दीप तोसनीवाल अब एउटै घरमा विवाह नगरेर सँगै बस्ने छन् । उनीहरूका बीच के–के रिलेशन हुने हो त्यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले केही बताएका छैनन् ।

    विवाह नगरेर लिभिङ टुगेदरमा बस्ने विषय भारतको ठूला शहरमा बढ्दै गएको छ । बलिउडका नाम चलेका धेरै कलाकारहरू पछिल्लो समय लिभिङ टुगेदरमा बस्न रुचाउँछन् ।

    अन्ततः करिश्मा र सन्दीप सँगै बस्ने तयारीमा पुगेका छन् । उनीहरूले मुम्बईको जुहुमा आफ्नो ‘ड्रिम हाउस’ भेट्टाएका छन् । उनीहरू केही दिनमा सो घरमा सर्दै छन् । जहाँ सन्दीप प्रेमिका करिश्माका दुई सन्तानका साथमा बस्नेछन् ।

    करिश्माका पूर्वपति सञ्जय कपुरले प्रेमिका प्रिया सचदेवासँग बिहे गर्न लागेको खबर आएलगत्तै सन्दीप र करिश्माले आफूहरू पनि ‘लिभ इन टुगेदर’मा जान लागेको जनाउ दिएका हुन् । – एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र