• Breaking News

    3.26.2017

    एयर अरेबियाको विमान काठमाडौँमा ठुलो दुर्घटनाबाट जोगियो

    काठमाडौँः त्रिभुवन विमानस्थलबाट १८२ जना यात्रु लिएर सारजाहका लागि उडेको एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ ।

    शुक्रबार मध्यराति त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमै चरो ठोक्किएपछि भारतको लखनउस्थित विमानस्थलमा चालक दलका सदस्यले आपतकालिन अवतरण गराएर दुर्घटना टारेका थिए ।

    समाचार अनुसार एयर अरेबियाको उडान नम्बर जी९५३२ को एयरबस ए-३२० जहाजमा त्रिभुवन विमानस्थलबाट उडेको केही बेरमै चरो ठोक्किन पुग्दा इन्जिनका केही ब्लेड ड्यामेज हुन पुगेका थिए ।

    इन्जिनका ब्लेड ड्यामेज भएपनि चालक दलका सदस्यले लखनउ लगेर आपतकालिन अवतरण गराएपछि यो जहाज त्यहीँ ग्राउन्डेड हुन पुगेको छ ।

    चालक दलका सदस्यले चलाखी अपनाएर त्रिभुवन विमानस्थलबाट सबैभन्दा नजिकको लखनउमा अवतरण गराएपछि त्यसमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।

    लखनउमा आपतकालिन अवतरण गराइएपछि त्यसमा सवार यात्रुहरुलाई तत्कालै होटलमा सारिएको पनि एयर अरेबियाले जानकारी दिएको छ ।

    ‘लखनउको चौधरी चरण सिंह अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएपछि अहिले जहाजको मर्मत भइरहेको छ’, गल्फमा प्रमुख कार्यालय रहेको एयर अरेबियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    समाचार अनुसार एयरबस ए–३२० को अहिले लखनउ विमानस्थलमा मर्मत चलिरहेको छ । मर्मतपछि चाँडै नै यो जहाजले पुनः उडान सुचारु गर्ने एयर अरेबियाले जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र