• Breaking News

    3.27.2017

    नेपाल–भारत सीमामा ३ करोडको दुईमुखे सर्प बरामद, एक पक्राउ

    चैत १४ – नेपाल– भारत सीमामा सशस्त्र सीमा बल (एसएसबी) ले प्रतिबन्धित सर्प सेन्ड बोआ (दुई मुखे सर्प) बदामद गर्दै एक तस्करलाई पक्राउ गरेको छ । बरामद गरिएको सर्पको प्रयोग सेक्स पावर बढाउने औषधीमा हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ३ करोड रुपैयाँ आँकलन गरिएको छ ।

    कमान्डेन्ट सोनम छिरिङले तस्कर बिहारका मो. अली पुत्र मो. शहाबुद्दीन भएको बताएका छन् । उनले नेपाल आउने क्रममा पक्राउ गरिएको उनले बताएका छन् ।

    सेन्ड बोआसर्पको अत्यधिक तस्करीः

    एक किलोको एउटा सर्प १ करोडभन्दा बढिमा बिक्रि हुन्छ । यसलाई यौन क्षमता बढाउने औषधीमा प्रयोग हुन्छ । उक्त सर्पलाई काठको बाकसमा एक थौलोमा लुकाइएको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र