• Breaking News

    3.28.2017

    नवनियुक्त भारतीय राजदुतको फास्ट ट्र्याक र निजगढ बिमानस्थल खोस्ने प्रयास .

    नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले राजधानीलाई तराईसँग जोड्ने काठमाण्डु– निजगढ दु्रुतमार्ग (फास्ट ट्रयाक) बनाउन भारत इच्छुक रहेको बताएका छन् ।


    कार्यभार सम्हाल्न आएलगत्तै सोमबार राजधानीमा पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका राजदूत पुरीले फास्ट ट्रयाक बनाउन भारत इच्छुक रहेको बताए ।

    यद्यपि पुष्पकमल दाहला प्रचण्ड नेतृत्वको सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने पूरानो प्रक्रिया खारेज गर्दै नेपाल आफैंले बनाउने निर्णय गरिसकेको छ । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि भारतले गर्न चाहेको खुलासा गरे ।

    ‘काठमाण्डु–निगजढ द्रतु मार्ग निर्माणमा भारत आफ्नो संलग्नता होस् भन्ने चाहन्छ’, उनले भने, ‘यो हाम्रा लागि रणनीकि रुपमा महत्वपूर्ण काम हो ।’

    पछिल्लो समय नेपाल–भारतबीचमा रहेका असमझदारी साँघुरिँदै गएको चर्चा गर्दै उनले उच्चस्तरीय राजनीतिक भ्रमणहरु फलदायी भएको बताए । उनले नेपाल भारतको प्राथमिकतामा रहेको पनि बताए ।

    नेपालमा पर्याप्त बिजुली उत्पादन गरेर भारतमा बेच्न आग्रह गर्दै पुरीले ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्न तयार हरेको उल्लेख गरे ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र