• Breaking News

    3.26.2017

    रानी मुखर्जीले तोडिन् ऐश्वर्यासँगको तिक्तताः दुःखी नायिकालाई घरमै गएर भेटिन्

    नयाँ दिल्ली, चैत १३ – बलिउडकी ब्यूटी क्विन ऐश्वर्या राय बच्चनले गत हप्ता क्यान्सर रोगी बुवालाई सदाका लागि गुमाएकी छिन् । बुवा कृष्णराज रायको शोकमा सन्तप्त रहेकी ऐश्वर्याले यो दुःखको घडीमा आफ्ना साथीभाइ, आफन्त, इष्टमित्रको भरपुर सहयोग र साथ पाइरहेकी छिन् । यहि क्रममा ऐश्वर्याले शनिबार आफ्नो घरमा बलिउडकी एक विशेष पाहुनालाई भेटेकी छिन् ।

    ऐश्वर्याकी कुनै बेलाकी मिल्ने साथी रानी मुखर्जी ऐश्वर्यालाई भेट्न उनकै घरको गएको जुमटिभीले डिएनएलाई उद्धृत गर्दै बताएको छ । आफ्ना पूर्व प्रेमीका श्रीमतीसँग उनले थुप्रै वर्षपछि भेटेकी हुन् । रानीले ऐश्वर्यासँगको सबै रोष त्यागेको यसबाट पुष्टि हुन्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र