एजेन्सी, चैत ३
बलिउड अभिनेत्री करिश्मा कपुर र उनका पति संजय कपुर बीच केही महिनाअघि नै डिभोर्स भइसकेको छ।
उनीहरु दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन्। करिश्मा हाल सन्दीप तोशनीवालसँग डेट गरिरहेकी बताइन्छ भने पूर्वपति संजयले चाँडै विवाह गर्ने भएका छन्।उनले आफ्नी प्रेमिका मोडल प्रिया सचदेवसँग विवाह गर्ने भएका छन्।
समाचार माध्यममा उल्लेख भएअनुसार प्रिया र संजयको अर्को महिना विवाह हुँदैछ। न्यूयोर्कमा हुने यो विवाहमा नजिकका आफन्त तथा साथीहरुको मात्र उपस्थिति हुने बताइएको छ। प्रियाले पनि आफ्ना पतिसँग डिभोर्स गरेकी हुन्।
यता करिश्माले पनि सन्दीपलाई आफ्नो परिवारसँग भेटाएको बताइएको छ।