• Breaking News

    2.22.2017

    नेपाली आप्रवासीलाई बेलायतमा झन् गाह्रो २१ नेपाली जेलमा


    लन्डन, १२ फागुन। अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ बर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत नाम परिवर्तनले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्ने ठाउँ रहेन ।’ आजको कान्तिपुरमा खबर छ ।
    कलेज बन्द भएपछि ६० दिनभित्र उनले नयाँ खोज्न सकेनन्, भिसा सकिएर ‘ओभर स्टे’ भए उनी । गैरकानुनी भएपछि जागिर, निशुल्क उपचार र घर बहालमा लिन प्रतिबन्ध छ ।


    सुरभी शाह ९नाम परिवर्तन २००९ को अगस्टतिर डिपेन्डेन्ट भिसामा यूके आइन् । भ्यालिड भिसा छउन्जेल त ठिकै थियो तर श्रीमान् पढ्ने कलेजमा ताला लागेपछि दुखका दिन सुरु भए । श्रीमान् नेपाल फर्किए, अहिले उनीसँग गतिलो काम छैन । मनमा मात्र छ, कुन बेला समातिने हो भन्ने त्रास ।

    यी दुई को जस्तै भोगाइ र समस्या यहाँ लाखौं गैरकानुनी आप्रवासीको छ । बेलायतमा गैरकानुनी नेपालीको संख्या एकिन नभएपनि हजारौं रहेको अनुमान गरिन्छ ।

    लन्डन स्थित नेपाली दूतावासका उपनियोगप्रमुख एवं प्रवक्ता शरदराज आरणले हाल बेलायती जेलमा २१ नेपाली रहेको जनाउँदै गैरकानुनी नेपालीको संख्या भने थाहा नभएको बताए ।



    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र