• Breaking News

    2.04.2017

    नाच्दा नाच्दै ज्योति मगरले कपडा खोलेपछि भीड उत्तेजित, सुरक्षा दिन प्रहरीलाई हम्मे हम्मे

    काठमाडौँ २३ माघ । बेला-बेला बिभिन्न हर्कत गरेर चर्चामा आउने गायिका तथा मोडल फेरी एक पटक चर्चामा स्टेजमा उतेजक नृत्य गरेका कारण चर्चामा छिन् ।  मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलामा नाच्दा नाच्दै कपडा खोलेपछि भीड उत्तेजित भइ हुटिङ र होहल्लाका कारण प्रहरीलाई स्टेजको सुरक्षा दिन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

    दाङको तुलसीपुरमा चलिरहेको मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलामा जिम्माल बाउकी छोरी…छोरी गीत उनले गाउँदा युवाहरू त हुटिङ गर्दै नाचे । सो क्रममा वृद्धदेखि बालसक्क नाच्न पछि परेनन् ।

    दर्शकको हुटिङ बढ्न थाले पछि ज्योतिले आफ्नो ज्याकेटै खोलेर दर्शकदीर्घातिर फ्यालेकी थिइन् ।ज्याकेटै खोलेर फ्याले लगतै उनको उतेजक नृत्यबाट आकर्षित भएका दर्शकले उनलाई आफ्नो मोबाइलमा कैद गर्न तछाडमछाड गर्न लागेपछि भिडलाई नियन्त्रण गर्न आयोजकले प्रहरीकै सहयोग लिनु परेको थियो । यता एकथरी दर्शकले ज्योति मगरको अंग प्रदर्शनलाई छाडा भयो भन्दै आयोजकसँग आक्रोश समेत पोखेका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र