• Breaking News

    2.18.2017

    लन्डनका अभिनेतासँग डेटिङ जाँदै श्रुति

     आइतबार, ८ फागुन, 

    काठमाडौं । अभिनेता कमल हसनकी छोरी श्रुति हसन पछिल्लो समय जो पुरुषसँग डेट गरिरहेकी थिइन्, उनको बारेमा कसैले जानकारी पाउन सकेका थिएनन् । तर, हालै श्रुतिका प्रेमीको पहिचान भएको छ ।

    श्रुतिसँग प्रेममा रहेका ती पुरुष हुन् लन्डनका अभिनेता माइकल कोसेल । श्रुति र माइकल विगत तीन महिनादेखि डेटिङमा छन् । उनिहरु थुप्रै ठाउँमा सँगै देखिँदै आएका छन् । तर, विदेशी पुरुष को हो भनेर पत्ता लगाउन राम्रै समय लाग्यो ।

    माइकल र श्रुतिको पहिलो भेट साथीको माध्यमबाट लन्डनमानै भएको बताइन्छ । केही समयअघि ब्रिटिस रक ब्यान्ड डाइनोसर पाइलअपको एउटा भिडियो सुटिङको लागि श्रुति लन्डन गएकी थिइन् । त्यतिबेला नै उनीहरु नजिकिएको भारतीय मिडियाहरुको दाबी छ ।

    केही दिनअघि माइकल श्रृतिलाई भेट्न उनको नयाँ फिल्म बहन होगी तेरी को सुटिङमा पनि पुगेका थिए । यसपालिको भ्यालेन्टाइन डे उनीहरुले सँगै मनाएको खबर पनि बाहिर आएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र