विराटनगर, ५ फागुन । सन् २००७ मा रिलिज भएको आमिर खानको फिल्म ‘तारे जमीन पर’ मा इशानको भूमिका निभाएका दर्शील सफारी अब फेरि बलिउडमा फर्कदैछन् । त्यो समयमा निकै चर्चा बटुलेका दर्शील १० वर्ष पछि ‘कुइकी’ नामक फिल्मबाट बलिउडमा पुनरावगमन हुन लागेका हुन । हुन त उनिको रुपमा धेरै परिवर्तन आईसकेको छ । उनलाई सजिलै चिन्न सकिँदैन ।
फिल्म ‘टेक ड्रिभन टिन एज लभ स्टोरी’ अर्थात प्रविधिले निम्त्याएको किशोर–किशोरीको प्रेम सम्बन्धमा आधारित फिल्म कुइकीबाट दर्शील बलिउडमा आउनेछन् । यो फिल्मको एउटा पोस्टर पनि बाहिर आइसकेको छ । फिल्मका बारेमा थप बताईएको छैन ।