• Breaking News

    2.06.2017

    वर्षका ७ दिनः यी दिनमा स्त्री-पुरुषको मिलन अशुभ मानिन्छ

    मंगलबार, माघ २५,

    ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७-२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ ।

    कुन कुन् दिन स्त्री-पुरुष मिलन अशुभ?

    १. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ ।

    २. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ ।

    ३. सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ ।

    ४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो ।

    ५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ ।

    ६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।

    ७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र