• Breaking News

    2.09.2017

    निकै अशुभ मानिने ६ सपना

    हामी दिनहु बिभिन्न प्रकारका सपना देख्छौ । राम्रो लागेको सपना पूरा भैदिए हुन्छ भन्छौ र नराम्रो सपना केही नहोस भन्छौ । सपनाको फलका बारेमा थुप्रै विचार र भनाइहरु छन् । यसका बारेमा शास्त्रहरुमा पनि उल्लेख छन् ।


    रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए कि राजभवनमा केही अशुभ हुँदैछ भनेर ।

    रावणले पनि आफु मारिनु अघि सपनामा असुभ  संकेत देखेका थिए । शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । बिभिन्न सूचकका आधारमा सपनाको संकेत छुट्याइएको हुन्छ ।

    १. काग देख्नु

    सपनामा काग देख्नुलाई असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत पनि मानिदै आएको छ । यदि सपनामा काग देख्नुभयो भने तपाईले नजिकैको मानिस मुत्यु भएको आदि समाचारहरु सुन्नुपर्ने हुन्छ् ।

    २. आफैलाई यात्रा गर्दै गरेको देख्नु

    सपनामा आफैलाई यात्रा गर्दै गरेको देख्नु पनि त्यतिको राम्रो मानिदैन । कुनै नराम्रो घटना हुन सक्ने हुँदा जुन दिन सपना देखिएको छ त्यसै दिन यात्रामा जानु छ भने सकेसम्म यात्रा नै स्थगित गर्नु राम्रो मानिन्छ ।

    ३. बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नु

    सपनामा बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नुलाइ पनि राम्रो संकेत मानिदैन । यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ ।

    ४. सेतो फुलको माला लगाइदिनु

    सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइ दिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ ।

    ५. तेल लगाउनु वा गधाको सवारी देख्नु

    सपनामा  तेल लगाउनु वा गधाको सवारी देख्नुलाई पनि मृत्युको सुचक मानिन्छ ।

    ६. सेतो बस्त्र र छरिएको खुल्ला कपालमा महिलालाई देख्नु

    कुनै महिला सपनामा सेता वस्त्र र छरिएको कपालमा देखिइन भने यसलाई वियोगका सपना मानिन्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र