• Breaking News

    2.13.2017

    प्रहरी प्रवक्तामा एसएसपी सर्वेन्द्र खनाल

    काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो ।
    उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् । राजधानी दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र