• Breaking News

    2.24.2017

    आँखाको गेडा फुत्तै बाहिर निकाल्छन् यी १४ वर्षे बालक

    एजेन्सी,फागुन १३
    भनिन्छ हरेक मानिसमा केही न केही फरक क्षमता रहेकै हुन्छ, मात्र आफ्नो क्षमता चिन्न र उपयोग गर्न सक्नुपर्दछ । पाकिस्तानका एक १४ वर्षीय बालकमा पनि यस्तै अनौठो क्षमता छ जसले अरुलाई चकित पारिदिन सक्दछ ।

    अहमद खान नामका ती बालकले आफ्नो आँखाको गेडा झण्डै फुत्त बाहिर निकाल्न सक्छन् । अहमदको भिडियो अहिले पाकिस्तानमा भाइरल बनेको छ । जसमा उनले आफ्ना आँखाका गेडी बाहिर निकाल्ने कोसिस गर्दछन् र विस्तारै दुबै आँखाका गेडा बाहिर निकाल्छन् ।

    अहदमले आफ्नो आँखाको गेडी १० मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछन् । अहमदलाई आफ्नो त्यो क्षमता गत वर्षमात्रै थाहा भयो । आफुले आफ्ना आँखा सजिलै बाहिर निकाल्न सक्ने र यसो गर्दा आँखामा कुनै असर नपर्ने उनी बताउँछन् ।

    उनले आँखाका गेडी बाहिर निकाल्दा केटाकेटीहरु डराउँछन् । आँखा फुत्तै भुइँमै खस्छ की भनेर केटाकेटीहरु तर्सिन्छन् ।

    आफ्नो यो क्षमता गिनिज बुकमा दर्ज होस् भन्ने चाहना उनको छ । अहिलेसम्म आँखाको गेडी निकाल्ने विधामा अमेरिकाकी किम गुडम्यानको नाम गिनिज बुकमा छ । तर अमेरिकी महिलाले भन्दा आफुले राम्रो तरिकाले आँखाको गेडी बाहिर निकाल्ने भएकाले आफुले रेकर्ड तोड्ने उनको दाबी छ ।

    -एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र