सोमबार, ९ फागुन,
‘आशिक बनाया आपने’ बाट सन् २००५ मा बलिउडमा डेब्यु गरेकी नायिका तनुश्री दत्ता लामो समय पर्दा बाट गायब भइन् । तर, हालसालै उनको केही इन्स्टाग्राम फोटोहरु आएका छन् जसमा हामी स्पष्ट रुपले उनमा आएको परिवर्तन देख्न सक्छौं ।
तनुश्री बलिउडमा अन्तिमपटक सन् २०१० मा ‘रामाः द सेभियर’मा देखिएकी थिइन् । उनले ‘चकलेटः डिप डार्क सिक्रेट्स’, ‘ढोल’ र ‘गुड ब्वाइ ब्याड ब्वाइ’ जस्ता फिल्ममा पनि अभिनय गरेकी छिन् ।
तनुश्रीले सन् २००४ मा फेमिना मिस इन्डिया युनिभर्सको ताज जितेपछि बलिउमा पाइला टेकेकी थिइन् । ‘आशिक बनाया आपने’मा बोल्ड रुपमा प्रस्तुत भएपछि चर्चित बनेकी उनले अहिलेसम्म बिवाह गरेकी छैनन् ।
nepalipatra.com