शुक्रबार, १३ फागुन,
बलिउडमा कतिखेर के हुन्छ पत्तो पाउन निकै मुस्किल हुन्छ । आखाँ झिमिक्क हुन नपाउँदै कसको सम्बन्ध कस्तो ठम्याउन समेत गाह्रो पर्छ । केही यस्तै भएको थियो रानी मुखर्जी र अभिषेक बच्चनबीच ।
दुवै कलाकारको कनेक्शन फिल्म 'युवा' बाट भएको थियो । त्यसपश्चात उनीहरुले फिल्म 'बन्टी और बब्ली', 'कभी अल बिदा ना केहेना', 'लगा चुनरीमे दाग' र अन्य फिल्महरुमा काम गरे । बलिउडमा हल्ला चल्न थालिसकेको थियो कि उनीहरुबीच केही रहेको छ । उनीहरु एकदमै मिल्ने साथी भएको समेत हल्ला चलेको थियो । तर, यो हल्ला धेरै दिन टिक्न सकेन ।
केही समय पश्चात उनीहरुको सम्बन्धमा आएको परिवर्तन छताछुल्ल भयो । रानीले एक अन्तर्वार्तामा यसबारे खुलेर बोलेकी थिइन् ।
जब अभिषेकले विवाह गरे तब रानी मुखर्जीलाई निमन्त्रणा गरेनन् । जब उनलाई यसबारे सोधियो,‘जब कुनै व्यक्तिले तपाईलाई उसको विवाहमा बोलाउँदैन भने तपाई बुझ्न सक्नु हुन्छ कि उसको अगाडि तपाईको महत्व कति छ । तपाई सोच्नुहोला साथीमात्र होलान् तर, मेरो विचारमा हामी को–स्टारमात्र हौ ।’
उनले थप्दै भनिन्,‘मलाई उसले नबोलाएर केही फरक परेन । यसले के प्रमाणित गर्यो भने हामी को–स्टारमात्र हौ । भोलि मैले पनि विवाह गर्नेछु । मैले पनि केही मानिसहरुमात्र बोलाउनेछु । कमजोर मानिसहरु विवाह गर्छन्, तिनीहरुको व्यवहार भुल्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’