• Breaking News

    2.22.2017

    यसकारण भएको रहेछ पेट्रोल हाहाकार !


    काठमाडौं, फागुन १२ । ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एकदिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् ।

    हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ । ट्यांकरचालकहरूले १५ बुँदे माग राखेको र पूरा गर्न डेढ महिनादेखि प्रयास गरेपनि सफल नभएपछि हडतालको कार्यक्रम ल्याउनुपरेको जिकिर गरे । उनीहरूले मुख्य रूपमा दुईवटा मुद्दा उठाइरहेका छन् ।
    आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा तापक्रम नोक्सानीबापत ५० लिटर चुहावट हुने लक्ष्य निर्धारण गरेको छ ।

    तर, सोभन्दा धेरै बढी तेल चुहावट हुन थालेपछि निगम सञ्चालक समितिले केही समयअघि २० हजार लिटरको ट्यांकरबाट दुई सय लिटरभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवानाबापत असुल्ने नियम बनाएको थियो । चालकले सो नियम खारेज गर्न माग राखेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र